वाङ्लाको मथुरा नन्दराम र जिबनउद्वार मावी क्यारेन्टाइनमा आयुर्वेदिक औषधि बितरण, योगा नृत्य (भिडियो, फोटो सहित)

अशोक खनाल
वाङ्ला, अर्घाखाँची जेष्ठ २७ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. ५ वाङ्ला स्थित मथुरा नन्दराम आधारभुत बिध्यालय र जिबनउद्वार मावी क्यारेन्टाइनमा आयुर्वेदिक औषधि बितरण गर्नुका साथै योगा नृत्य ध्यान हास्य लगायतका सेवाहरु प्रदान गरिएको छ ।
सामाजिक बिकाश मन्त्रालय प्रदेश न. ५ बुटवलको निर्देशन अनुसार आर्युबेद चिकित्सक पध्दती द्वारा कोरोना भाइरस ( कोबिड १९) नियन्त्रण तथा ब्याबस्थापनको बिषयमा जारी गरिएको श्रोत सामाग्री २०७७ बमोजिम दोस्रो चरणको अभियान अन्तरगत जिल्लाको सन्धीखर्क नगरपालिकाको स्थित मथुरा आधारभुत बिध्यालय तथा जिबनउद्वार माबि क्यारेन्टाइन स्थलमा पुगि विभिन्न किसिमका आर्युबेद औषधि हरु गुड्की चुर्ड, आमलकी चुर्ड,आश्वगन्धा चुर्ड, सुत्केरी महिलाको लागि सताबरीचुर्ड लगायत आयुर्वेदिक औषधिहरु बितरण गर्नुका साथै योगा नृत्य ध्यान हास्य लगायत का सेवा हरु प्रदान गरिएको थियो ।
उक्त क्यारेन्टाइन स्थलमा आर्युबेद स्वास्थ केन्द्र सन्धीखर्क का प्रमुख डा. अर्जुन राज शर्मा, वार्ड न. ५ वडाअध्यक्ष राजेन्द भुसाल कबिराज कमल प्रसाद आचार्य , बरिष्ठ बैध नारायण पन्थी, स्थानीय वार्डका प्रतिनिधि, तथा योग प्रशिक्षक अशोक खनाल लगायतको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु