छत्रदेबका जनप्रतिनिधि तथा कर्मचारीहरु अनुगमन, सार्बजनिक परिक्षणहरुमा सहभागी


सुर्य भुसाल
छत्रदेब, अर्घाखाँची अर्घाखाँचीडट्कम ।  छत्रदेब गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरु यतिबेला रातदिन गरेर योजनाहरु सम्पन्न गर्ने बिकास बजेट फ्रिज हुन नदिने गरि काम गर्न निकै ब्यस्त छन कर्मचारीहरु र जनप्रतिनिधिहरु यतिबेला योजनाहरुको अनुगमन मुल्यांकन गर्ने काम गुणस्तरीय भए नभए को हेर्ने र गुणस्तरीय काम गराउनका लागि फिल्ममा खटिएर काम गरिरहेका छन् ।
गाउँपालिका भित्र सन्चालित बिभिन्न याेजनाहरुको  अनुगमन तथा सार्बजनिक परिक्षणलाई  समेत निरन्तरता दिदै बिकासे काम दुर्त गतिमा अगाडि बढेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले जानकारी दिनु भयो ।
गाउँपालिकाले बुधबार मात्रै छत्र एग्रीकल्चर डेभलपमेन्ट कम्पनी प्रालि छत्रदेब गाउँपालिका वार्ड नं ५ दामलिङ अर्घाखाचीले स्थानीय पूर्वाधार कार्यक्रम मार्फत सञ्चालन गरेकाे याेजनाकाे सामाजिक दुरि कायम गरि  सार्वजनिक सुनुवाई सम्पन्न गरेकाे समेत भुसालले जानकारी दिनु भयो । 
सरकारको करिव  १० लाखकाे बजेटमा  कम्पनीले स्थानीय जातका बाख्रा र कुखुरा पालन सुरू गरेकाे र काम सुरु भएपछि सार्वजनिक परिक्षण गरिएको थियोे ।
कार्यक्रमा गाउपालिका उपाध्यक्ष तुलसीदेबी श्रेष्ठले कृषि बिना कुनै गाउँकाे सम्बृद्दता सम्बृदता सम्भव नभएकाे बताउनुभयाे । श्रेष्ठले गाउपालिकालाई कृषिकाे माध्यमबाट आत्मनिर्भर बनाउन किसानलाई प्राेत्साहन गर्दै जाने बताउनुभयाे ।
कार्यक्रममा याेजनाकाे अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले फमले समग्र छत्रदेब गाउँपालिकालाई कृषिकाे क्षेत्रमा आत्मनिर्भर बन्ने बाटाेमा उन्मुख गराएकाे बताउनुभयाे । 
भुसालले लकडाउनकाे समयमा पनि सामाजिक दुरी कायम गरी गाउपालिकाले सम्झाैता भएका याेजनाहरूकाे तिब्रगतिमा निर्माण र भुक्तानीमा तिब्रता दिएकाे बताउनुभयाे । कार्यक्रममा पत्रकार महासंघ जिल्ला सदस्य बसन्त श्रेष्ठ, याेजना शाखा प्रमुख सुनिल पन्थी राेजगार संयाेजक सन्ताेष भुसाल, याेजना शाखा उप प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएकाे थियाे । 
 
त्यस्तै उता छत्रदेब गाउँपालिका वार्ड न ६ मा कल्लापानी ढाक्रेपानी पधेरा संरक्षणकाे समेत सार्बजनिक परिक्षण सम्पन्न भएकाे छ । सार्बजनिक परिक्षण कार्यक्रममा गाउँपालिका उपाध्क्ष तुलसीदेबि श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडाध्यक्ष कमल पाैडेल, वार्ड सचिव मणिराम बिक लगायतले मन्तब्य राख्नुभएकाे थियाे । गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी बिहानदेखि राति अबेरसम्म बिकास निर्माणका काममा ब्यस्त देखिन्छन् ।

अन्य समाचारहरु