खाँचीकोटको डिहिडाँडा क्वारेन्टाइनमा १८ दिन हुँदासम्म कोरोना परिक्षण नगरेको भन्दै अन्दोलित

अर्घाखाँचीडट्कम संवाददाता 
डिहिडाँडा ,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहिडाँडा स्थित चन्द्र प्रभा माबि क्वारेन्टाइनमा १८ दिन हुँदासम्म पीसीआर परिक्षण नगरेको भन्दै अन्दोलित भएका छन् । 
खाँचीकोटको डिहिडाँडा स्थित चन्द्र प्रभा माबि क्वारेन्टाइनमा भारतबाट आएर बसेको १८ दिन हुँदासम्म  पीसीआर परीक्षण नगरेको भन्दै अन्दोलित भएका हुन् । उनिहरु स्थानिय जनप्रतिनिधी प्रति आक्रोसित भएका छन् । 
लामो समय भइसक्दा पनि पीसीआर परीक्षण नगरिएको, राम्रो खानाको व्यवस्था नभएको, चर्को गर्मी, विद्युत् व्यवस्थापन नियमित नभएको, खानेपानीको समस्या रहेको र बारम्बार आग्रह गर्दा पनि कुनै व्यवस्थापन नगरिएको भन्दै चाडो परिक्षण गर्न माग गर्दै आन्दोलित भएका छन् । उनिहरुले चाडो परिक्षण नगरे घर क्वारेन्टाइनमा बस्ने गरी जाने बताएका छन् । 
पटक पटक जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको र अति भएर घर जान वाध्य हुने उनिहरुको भनाई छ । 
उता ज्येष्ठ २७ गते मंगलवार खाँचीकोटकाे आदर्श माबि १० जना, चन्द्र प्रभा माबि क्वारेन्टाइन  ५ जना र मैदानको आदर्श माबि क्वारेन्टाइनमा १० जना गरी १५ जना संक्रमित फेला परेका छन् । १५ जना संक्रमितलाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याएर राखिएको छ । 
यस्तै सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक संक्रमित भएपछि सन्धिखर्कमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधि गरी १ सय ३० जनाको स्वाब परीक्षणका लागि चितवनको भरतपुर पठाइएको छ।

अन्य समाचारहरु