धारापानीका विभिन्न क्वारेन्टाइनमा आर्युबेद औषधिहरु वितरण,योग नृत्य हास्य सेवाहरु प्रदान (भिडियो फोटो सहित)
जेष्ठ २९ गते, २०७७ मा प्रकाशित
अशोक खनाल
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न. ४ धारापानी स्थित शान्ति माबि, भगवती आधारभुत विधालय, लक्ष्मी आधारभुत विधालय, बर्थिङ सेन्टर तथा छात्राबास क्यारेन्टाइन , ब्राइट फ्युचर बोर्डिङ , काठेपिङ डाँडा विधालय, बिरेन्द्र आधारभुत विधालय क्यारेन्टाइनहरुमा आर्युबेद औषधिहरु वितरण तथा योग नृत्य ध्यान हास्य लगायतका सेवाहरु प्रदान गरिएको छ ।
सामाजिक बिकाश मन्त्रालय प्रदेश न. ५ बुटवलको निर्देशन अनुसार आर्युबेद चिकित्सक पध्दती द्वारा कोरोना भाइरस ( कोबिड १९) नियन्त्रण तथा ब्याबस्थापनको बिषयमा जारी गरिएको श्रोत सामाग्री २०७७ बमोजिम दोस्रो चरणको अभियान अन्तरगत जिल्लाको भुमिकास्थान नगरपालिकाको माथी उल्लेखित विभिन्न क्यारेन्टाइन स्थलमा पुगि विभिन्न किसिमका आर्युबेद औषधि हरु गुड्की चुर्ड, आमलकी चुर्ड,आश्वगन्धा चुर्ड, सुत्केरी महिलाको लागि सताबरीचुर्ड लगायत आर्युबेदिक औंषधि हरु बितरण गर्नुका साथै योगा नृत्य ध्यान हास्य लगायतका सेवाहरु प्रदान गरिएको थियो ।
उक्त क्यारेन्टाइन स्थलमा आर्युबेद स्वास्थ केन्द्र सन्धीखर्क का प्रमुख डा. अर्जुन राज शर्मा ,वडा न. ४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार कबिराज कमल प्रसाद आचार्य , समाजसेवी झबी थापा स्थानीय वार्डका वडासचीव सपना शाही स्थानीय जन प्रतिनिधिहरु , तथा योग प्रशिक्षक अशोक खनाल लगायतको उपस्थिति रहेको थियो ।