दिपेन्द्र श्रेष्ठ
छत्रदेब, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकाले याेजनहरू अनुगमन तथा सार्बजनिक परिक्षणलाई तिब्रता दिएकाे छ।
साेही क्रममा छत्र एग्रीकल्चर डेभलपमेन्ट कम्पनी प्रालि छत्रदेब गाउँपालिका वडा नं ५ दामलिङ अर्घाखाचीले स्थानीय पूर्वाधार कार्यक्रम मार्फत सञ्चालन गरेकाे याेजनाकाे सार्वजनिक सुनुवाई सम्पन्न गरेकाे छ । १० लाखकाे लागतमा कम्पनीले स्थानीय जातका बाख्रा र कुखुरा पालन सुरू गरेकाे छ।
कार्यक्रमा गाउँपालिका उपाध्यक्ष तुलसीदेबी श्रेष्ठले कृषि बिना कुनै गाउकाे सम्बृद्दता सम्बृदता सम्भव नभएकाे बताउनुभयाे । श्रेष्ठले गाउपालिकालाई कृषिकाे माध्यमबाट अात्मनिर्भर बनाउन किसानलाई प्राेत्साहन गर्दै जाने बताउनुभयाे ।
कार्यक्रममा याेजनाकाे अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले फमले समग्र छत्रदेब गाउपालिकालाई कृषिकाे क्षेत्रमा अात्मनिर्भर बन्ने बाटाेमा उन्मुख गराएकाे बताउनुभयाे । भुसालले लकडाउनकाे समयमा पनि सामाजिक दुरी कायम गरी गाउपालिकाले सम्झाैता भएका याेजनाहरूकाे तिब्रगतिमा निर्माण र भुक्तानीमा तिब्रता दिएकाे बताउनुभयाे ।
कार्यक्रममा पत्रकार महासंघ जिल्ला सदस्य बसन्त श्रेष्ठ, याेजना शाखा प्रमुख सुनिल पन्थी राेजगार संयाेजक सन्ताेष भुसाल, याेजना शाखा उप प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएकाे थियाे ।
त्यस्तै उता छत्रदेब गाउपालिका वडा न ६ मा कल्लापानी ढाक्रेपानी पधेरा संरक्षणकाे समेत सार्बजनिक परिक्षण सम्पन्न भएकाे छ । सार्बजनिक परिक्षण कार्यक्रममा गाउपालिका उपाध्क्ष तुलसीदेबि श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडाध्यक्ष कमल पाैडेल, वडा सचिव मणिराम बिक लगायतले मन्तब्य राख्नुभएकाे थियाे ।