नेपालमा एमसीसी (MCC) का विज्ञहरु कोही छैनन्, भ्रममा नपरौ ।
१. एमसीसी (MCC) का विज्ञहरु अमेरिकाको पेन्टागन, अमेरिकन सैन्य शिविरहरू देखि अमेरिकन विश्व विद्यालयहरुमा रहेको देखिन्छ ।
२. यसमा अझ विशेष गरेर महामहिम अमेरिकन भूपू राष्ट्रपति जर्ज डब्लु बुश का सल्लाहाकारहरु विशेष रूपमा सुसज्जित थिए र छन् ।
३. नेपालमा कोही विज्ञ थिएनन् र छैनन् अहिले सम्म पनि । अहिले सम्म नेपालको कसैले, नेपालबाट यो सम्बन्धमा अन्तर्राष्ट्रिय जर्नलमा रिभ्यु पेपर ( review paper) समेत प्रकाशित गरेको छैन । छन् कोही नेपालीहरु ? मैले त अहिलेसम्म कुनै नेपाली नागरिकको नाम सुनेको छैन र भेटेको समेत छैन गूगल गरेर खोज्दा समेत ।
४. एमसीसी अन्तर्गतका अफिसहरुमा महिनाको लाखौं तलब बुझ्ने नेपाली कर्मचारीहरु भने छन् नेपाल मा । अनौपचारिक रुपमा नेपालमा काम भइरहेको छ अहिले । तर तिनीहरू विज्ञ होइनन् ।
५. त्यसैले, नेपालका तथा विश्वका अन्य सबै मानिसहरूले, एमसीसी स्वयं र अमेरिकन रक्षा मन्त्रालयले उपलब्ध गराएका खुला डकुमेन्टहरु तथा कागज पत्रहरु, पेन्टागनका अमेरिकन अधिकारीहरूले विभिन्न समयमा प्रकट गर्ने गरेका औपचारिक भनाइहरू अध्ययन गरेर आफ्नो देश अनुसारको बिस्लेसन गर्ने हो सबैले । नीतिगत रुपमा आलोचना, समालोचना अर्थात् नकारात्मक, सकारात्मक वा विचारात्मक आफ्ना बिस्लेसन गर्ने गराउने अमेरिकन शैलीले नै अमेरिका विश्वको महाशक्ति राष्ट्र बनेको हो । अमेरिका विचार मन्थनको एउटा विशाल स्तभ हो ।
६. मैले पनि त्यही रूपमा ग्रहण गर्दै, आफ्ना बिस्लेसन हरु गर्ने गरेको छु । तर यो मेरो सोख मात्र हो, यसको पछाडि मलाई लिनु दिनु केही छैन । एमसीसी (MCC) को नेपाल संपर्क अफिसमा मैले निवेदन हालेर एक दुई जना नेकपा वा नेपाली कांग्रेसका वा राप्रपाका नेताको फोन लगाए भने, मैले पनि महिनाको लाखौ रुपैयाँ तलब आउने जागीर सजिलै पाउने सर्टिफिकेट मसँग पनि छन् । त्यहाँ चाहिने प्रकारका सर्टिफिकेट छन् । तर त्यो गरेको छैन आजका मितिसम्म । स्वयम् अमेरिकन मल्टिपल भिषा मेरो पनि छ । म्याद अझै सकिएको छैन ।
७. तर, केही मानिसहरू मेरो वालमा आएर, इनबक्स मा आएर, व्यक्तिगत रूपमा समेत, मलाई लेख्ने प्रयास गर्छन् वा आक्कल झुक्कल जानेर वा नजानेर लेख्ने गर्छन् । म उहाँहरुलाई विनम्र भन्न चाहन्छु, म प्रति कुनै व्यक्तिगत रिसिबी छ भने पनि, आफ्नो वालमा लेख्नु होला ।
८. मेरो बारेमा जो जसले, जे जे लेखे पनि मलाई मतलब छैन र मतलब गरी साध्य हुँदैन । दर्जनौ मानिसहरूले मेरा फेस बुक स्टाटसहरु आफ्नो वालमा कपि पेस्ट गरेर आफ्नो इच्छा अनुसार को प्रतिक्रिया दिएका हुन्छन् । खोजीको विषय होइन मेरो ।
९. एक लाख अन्ठाउन्न हजार पटक भन्दा बढी (१,५८,०००) समेत मेरो एउटै लेख “नेपाल पाटी” बाट शेयर भएको थियो । कसले के के लेखे होलान् ? पछि लागेर साध्य हुन्छ होला त ? चल्तीको “अनलाइन खबर” मा पनि बीसौं हज्जार सेयर भएको थियो ।
१०. मैले अहिलेसम्म व्यक्तिगत रूपमा मेरो फाइदाको लागि कसैका बिरुद्द व्यक्तिगत कुराहरू केही लेखेको पनि छैन। कसैलाई नराम्रो गरेको पनि छैन । त्यो कहिले गर्दिन पनि । तर मेरा बिरुद्द तानाबाना बुन्नेहरु दर्जनौं छन्, त्यो मलाई विगत तीन_ साढे तीन वर्षदेखि राम्रोसँग थाहा भएको छ ।
११. बिना कारण, मेरो बिरुद्द तानाबाना बुन्नेहरुले पनि, मेरो बारेमा, मेरै व्यक्तिगत कुरा, मेरै वालमा लेख्नु ठीक होइन ? आफ्नो वालमा लेख्नु होला । जे सुकै, तानाबाना बुने पनि, कोरोना कहरमा आफ्नो ख्याल गर्नु ल ।
अस्तु ।