अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ९ अर्घा रजस्थल मावी क्वारेन्टाइनमा रहेका ५ जनाको र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।
यहाँ २४ जनामा आरडीटी परिक्षण गरिएको थियो । बाँकी १९ जनामा नेगेटिभ आएको छ ।
यसैगरी सोही केन्द्रका १९ जनालाई आरडीटी नेगेटिभ आएपछि १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाईएको छ।
आरडीटी परिक्षण पोजेटिभ आएका ५ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।