सन्धिखर्क १२ का वडाअध्यक्ष खड्काको प्लेकार्ड असुरक्षित क्वारेन्टाइन बन्द गरम है वडाध्यक्ष ज्युू

सरकार विरुद्ध युवाहरुद्धारा अर्घाखाँचीमा प्रदर्शनमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का वडाअदक्ष्य नारायण खड्का ” अशुरक्षित क्वारेन्टाइन बन्द गरम है वडाध्यक्ष ज्यु” भन्ने प्लेकार्ड सहित । पछि उक्त प्लेकार्ड फेरेका थिए ।
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का वडाअध्यक्ष नारायण खड्काले सरकार विरुद्ध प्रदर्शन गरेपछि समाजिक संजालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
आइतबार युवाहरु ले सरकार विरुद्ध सन्धिखर्कमा प्रदर्शन गरेका छन् । अर्घाखाँचीको सन्धिखर्क शान्ति बगैंचामा शान्ति पुर्ण प्रदर्शन गरिएको हो। विश्व कोरोना भाइरस कोभिड–१९ को महामारीबाट आतंकित छ । खड्का ले स्वाव टेस्टको लागी  बुटवल पठाएका छन । रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई पिसिआर टेस्ट गर्नुपर्ने माग राख्दै प्लेकार्ड सहित युवाहरुले करिब दुई घण्टा धर्ना दिएका थिए ।
नगरपालिका वार्ड नम्बर १२ का वडाअध्यक्ष नारायण खड्का पनि निलो टिसर्टमा असुरक्षित  क्वारेन्टाइन बन्द गरम है वडाध्यक्ष ज्युू भन्ने प्लेकार्ड सहित उभिएका थिए। रोचकको विषय भनेको कसैले नारायण खड्काको पक्ष लिएर संन्जाल रंगाउन थाले भने कसैले यस्तो गर्नु गलत भएको भन्दै प्रतिक्रिया दिदै साँझसम्म संजाल ताती रहयो । कोरोना नियन्त्रण गर्न सरकारले चालेका पछिल्ला कदम प्रर्ति असन्तुष्ट जनाउदै प्रदर्शन गरेका थिए ।
वडाअदक्ष्य नारायण खड्का ” अशुरक्षित क्वारेन्टाइन बन्द गरम है वडाध्यक्ष ज्यु” भन्ने प्लेकार्ड सहित देखिएपनि पछि उक्त प्लेकार्ड फेरेका थिए ।

अन्य समाचारहरु