सन्तोष कुमार के.सी
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लकडाउनको कारण बन्द रहेको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको चुत्राबेसी स्थित श्री जनज्योती माविले पुस्तक वितरण कार्यको आरम्भ गरेको छ।
श्री जनज्योती माविले नेपाल सरकार मन्त्रीपरिषदको जेठ २८ गतेको निर्णय र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको जेठ ३० गतेको सूचना अनुसार असार १ गतेदेखि सम्पुर्ण सरकारी कार्यालय लगायत शिक्षण संस्थाका कार्यालयहरु खुला रहने भनी गरिएको निर्णय बमोजिम असार २ गतेदेखि पुस्तक वितरण कार्यको आरम्भ गरेको छ।
बिधालयका प्रधानध्यापक पशुपति भुसालका अनुसार असार २ गतेका दिन कक्षा १० का पाठ्य पुस्तक, असार ०३ गते कक्षा ९, असार ०४ गते कक्षा ८ का अंग्रेजी र नेपाली दुवै माध्यमका पाठ्य पुस्तक, असार ०५ गते कक्षा ७ का पाठ्य पुस्तक र असार ०६ गते कक्षा ६ को पाठ्य पुस्तक सामाजिक दुरीका कायम गर्दै सुरक्षित तवरले वितरण गरिने बताउनुभयो ।
साथै बिधार्थीको शिक्षण सिकाईलाई निरन्तर दिदै बिधार्थीलाई शिक्षण सिकाईमा संग्लन गराईराख्न सिकाईको वैकल्पिक माध्यमको प्रयोगमा जोड दिने पनि बताउनुभयो ।