डिभर्नाका दिपक खड्काद्धारा ज्ञान प्रकाश मावि क्वारेन्टाइनलाई पोषणयुक्त खाना,स्वास्थ्य समाग्री प्रदान

विक्रम पाण्डे समान्ता 
डिभर्ना,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं-१२ डिभर्ना कल्लाबोट निवासी हाल साउदीमा रहनुहुने दिपक खड्का क्षेत्रीद्धारा सन्धिखर्क नगरपालीका वडा नं. १२ को ज्ञान प्रकाश माध्यमिक विद्यालय सल्लिकोटमा स्थापना गरीएको क्वारेन्टाईनको लागी ११०००/- एघार हजार बराबरको पोषणयुक्त खाना तथा स्वास्थ्य समाग्री प्रदान गरीएको छ ।
 
उक्त क्वारेन्टाईनमा रहनुहुने आप्ःना दाजुभाई दिदीबहिनीहरुको स्वास्थ्य अबस्थालाईं मध्यनजर गर्दै सेनेटाईजर , कर्मचारीको लागि के.एन. ९५ माक्स , पोसणयुक्त खानामा खसीको मासु लगायतका समाग्रीहरु सहयोग स्वरुप प्रदान गर्नु भएको हो । 
आप्नै दाजुभाई सम्झेर सहयोग गरेका हौँ दिपक क्षेत्रीले भन्नुभयो , “आबश्यक परे अर्को चरणमा पनि सहयोग गर्न तयार रहन्छु ।” 
उक्त समाग्रीहरु पत्रकार बिक्रम पाण्डे समान्ता , समाजसेवी बोम बहादुर क्षेत्रीको रोहवरमा हस्तान्तरण गरीएको हो । 
हाल ज्ञान प्रकाश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ३३ जना महानुभाव रहेको वडा अध्यक्ष नारायण खड्काले जानकारी दिनुभयो । जस मथ्ये २८  जना पुरुष र ५ जना महिला हुनुहुन्छ । पछिल्लो समय क्वारेन्टाइनमा रहेकाहरुको सहयोग गर्नेहरुको समूह बढेको छ ।

अन्य समाचारहरु