ठाडाको डोहोटेमा चुरे दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न (फोटो सहित)


उमेश बन्जाडे 
ठाडा, शितगंगा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको डोहोटेमा  चुरेको माटो चुरेलाई सफा पानी सबैलाई भन्ने मुल नाराका साथ नेपाल सरकार राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको छैटौं वार्षिक समारोहका अवसरमा एक दिने वृक्षारोपण औपचारिक कार्यक्रम सम्पन्न भएको छ।
ठाडाको डोहोटे सामुदायिक वनका अध्यक्ष जुन बहादुर घमको अध्यक्षता रहेको कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीको वृक्षारोपण गरेर कार्यक्रमको उद्धघाटन गरेका थिए । वृक्षारोपण कार्यक्रममा नगर उपप्रमुख टीका रेश्मि, वाणगंगा सव डिभिजन बन कार्यलयका प्रमुख जितेन्द्र खत्रिको, जिल्ला समन्वय समिती सदस्य बलेन्द्र बिक, शितगंगा १२ नम्बर वडाका वडा सदस्य चोप बहादुर घम, हिम लक्ष्मी, आरोग्य धामका आयुर्वेद विशेषज्ञ बाबा योगिराज, सामुदायिक वन महासघ शितगंगा अध्यक्ष जीवन सिजांली, ग्रिन नसरी ठाडाका प्रोपाइटर कमान सिंह दर्लामी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका प्रमुख अधिकारीले शितगंगा नगरपालिकाका सम्पूर्ण नीति तथा कार्यक्रमहरु नगरवासी सबै एकजुट लागेर गर्नुपर्ने बताउनुभयो साथै शितगंगा १२ नम्बर वडामा निर्मित अमिता बनबाटिलाई नेपालमा मात्र नभई विश्वमै छिटै चिनाउन नगरपालिका र स्थानियहरु एकजुटका साथ अगाडि बढेको बताए ।
साथै अधिकारीले कोरोना भाइरसबाट बच्न सम्पूर्ण आम जनसमुदायलाई प्रत्येक घण्टा २० सेकेन्ड मिचिमिचि साबुनपानिले हात धुन समेत आग्रह गरेका थिए । कार्यक्रम याम केशिको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु