अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका उप– प्रमुख ठाकुर कुमार विकको दोस्रो काेराना रिपोर्ट नेगेटिभ आएको छ ।
उप– प्रमुख ठाकुर कुमार विकको गत ज्येष्ठ २६ गते सोमवार काेराना पाेजिटिभ देखिएको थियो ।
उप– प्रमुख विक कोरोना लकडाउन शुरु भएदेखि नियमित रातदिन उद्वार व्यवस्थापन खटिएका थिए । यस्तै उनले मध्यरातमा भारतबाट आउनेलाई गाडीमा राखेर क्वारेन्टाइनसम्म पुराउने, खानाको व्यवस्था गर्नेमा खटिएका थिए ।
वि.क होम क्यारेन्टाइनमा बसेका थिए ।
उता अर्घाखाँची जिल्लामा आज बुधवार थप ५२ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको छ । यस्तै मंगलबार राति क्वारेन्टाइनमा आत्महत्या गरेका शितगंगा नगरपालिका-५ जुकेनाका ४५ वर्षीय पुरुषको पिसिआर रिर्पोट पनि पोजेटिभ आएको छ ।
योसँगै अर्घाखाँचीमा कोरोनाबाट संक्रमितको संख्या ११० पुगेको छ । भने कोरोनाबाट मुत्यु हुनेको संख्या ३ पुगेको छ ।