हरीहर शिक्षा क्याम्पसद्धारा पाणिनी गाँउपालिकाको राहत कोषमा आर्थिक सहयोग
आषाढ़ ३ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
दुर्गाफाट, अर्घाखाँची डटकम् । व्युरो रिपोर्ट ।विश्वभर महामारी को रुपमा फैलिएको कोरोना संक्रमणनियन्त्रण को लागी स्थापित कोषमा आर्थिक रक़म जम्मा गराउने क्रम जारी नै छ । यसै क्रममा २०७७असार ०३ गतेसम्म ३९ लाख ५६ हजार ५ सय ५८ रुपैया जम्मा भएको छ भने खर्च ६ लाख ५ हजार १सय ४२ राहतमा कार्यमा ख़र्च भएको गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत मधुसुधन पौडेललेवताउनु भयो ।
पाणिनी गाँउ पालिका को नाममा रहेको ग्लोबल आईएमई वैक पोखराथोक शाखाको खाता नं M804010000012 मा प्रकोप व्यावस्थापन कोषको लागी कसैले सहयोग गर्न चाहाना भएमा सवैलेगर्न सकिने गाँउ पालिका उपाध्यक्ष लक्ष्मी गौतम ले अनुरोध गर्नु भएको छ । हामी पाणिनीमा कोरोनानियन्त्रण को लागी प्रयासरत नै छौ अन्य स्थानीय तहमा जसरी पाणिनीको ख़ातामा रक़म जम्मा हुननसकेको स्वास्थ्य संयोजक शेषकान्त घिमिरे वनाउनु हुन्छ ।
आज हरीहर शिक्षा क्याम्पस को तर्फवाट रु १५ हज़ार गाँउ पालिका को खातामा जम्मा गरेको रसीदगाँउ पालिका अध्यक्ष अच्युत गौतम , उपादक्ष्य लक्ष्मी गौतम र प्रमुख प्रशासनिक अधिकृत मधुसुधनपौडेल लाई हस्तान्तरण गर्दै हरीहर शिक्षा क्यामपसका अध्यक्ष चन्द्र कान्त पौडेलले आगामी समयमापनि सहयोग गर्ने जानकारी गराउनु भएको छ ।
हामी कोरोना नियन्त्रण को लागी निरन्तर लागी रहेका छौ यसै क्रममा हामीलाई आर्थिक नैतिक रभौतिक रुपमा सहयोगी भूमिका निर्भाह गर्नु हुने सवैलाई धन्यवाद दिन चाहान्छौ गाँउ पालिका उपादक्ष्यलक्ष्मी गौतमको भनाई थियो ।