शबलाई प्रहरी स्थानीय ब्याक्तिबाट खाडलमा गाडिएको छ ।
२०७७ आषाढ ३, बुधवार मा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आरडीटी परीक्षणमा पोजेटिभ देखिएका अर्घाखाँचीको शितगंगाका एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि जलुकेको टारे पहरो फुलबारी जंगलमा शव व्यवस्थापन गरिएको छ।
शितगंगा नगरपालिका-५ जुकेना वडाध्यक्ष कमल पौडेलले ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरिक्षक बाबुराम बस्नेतको नेतृत्वमा खटिएको प्रहरीको टोली र रामबाण गुल्म ठाडाका गुल्मपति ईश्वर काफ्लेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलिले मृतक पुरूषमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि तारेपैरो फुलबारी सामुदायिक वनमा सबको व्यवस्थापन गरिएको बताउनु भयो ।
पुरूषले आत्महत्या गरेपछि पिसिआर रिपोर्ट नआउदा सम्म सवलाई दिन भर प्रहरी ,सेना र स्थानियले कुरेर बसेका थिए ।
शितगंगा नगरपालिका-५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ बर्षीय देवबहादुर विकले झुन्डिएर आत्महत्या गरका थिए।
गत जेठ १० गते भारतबाट घर फर्किएका बिकको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि परीक्षणका लागि जेठ २४ गते स्वाब संकलन गरेर पठाइएको थियो।
उनले गएराति क्वारेन्टाइन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेका थिए। बुधबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जन–स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ। बुधबार एकै दिन अर्घाखाँचीका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको स्वाब परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक पौडेलले जानकारी दिए।
योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ। कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ।