क्‍वारेन्टाइनमा आत्महत्या गरेका शितगंगाको जुकेनाका मृतकको परिवारलाई नेकपाको सहयोग

अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका-५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ बर्षीय देवबहादुर विकले आषाढ २ गते मंगलबार झुन्डिएर आत्महत्या गरेपछि परिवारको विचल्ली भएको छ । 
उता विचल्ली परेको परिवारलाई नेकपा शितगंगा नगर कमिटीले काजक्रिया खर्च तथा खाद्यान्न सहयोग गरेको छ । 
कमिटीले मृतककी श्रीमती मनकला बिकलाई  नगद ५ हजार तथा २ बोरो चावल राहत स्वरुप प्रदान गरेको नेकपा शितगंगाका अध्यक्ष बशन्त श्रेष्ठले जानकारी गराउनु भयो । 

अन्य समाचारहरु