भारतमा २४ घण्टामा ३४२ को मृत्यु, १३ हजार संक्रमित थपिए

एजेन्सी । भारतमा एकैदिन कोरोना भाइरसबाट अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ८२६ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च हो । बुधबार १३ हजार १०७ जना नयाँ संक्रमित थपिएका थिए ।

योसँगै कोरोना संक्रमितको संख्या भारतमा ३ लाख ८१ हजार ९१ पुगेको छ । निको हुनेको संख्या २ लाख ५ हजार १८२ पुगेको छ । २४ घण्टामा १० हजार ७४३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा यो पनि उच्च हो ।

बिहीबार ३४२ जनाको ज्यान गएको छ ।