अर्घाखाँचीडट्कम संवादाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा दलित युवकले पकाएको खाना बहिष्कार गरेका कथित उपल्लो जातका व्यक्तिले माफी मागेको छन् ।
खनमा गत जेष्ठ १९ गते क्वारेन्टाइन भित्रै स्थानिय दिनेश घिमिरेले दलित पकाएको खादैन खाएमा बिरामी हुन्छु भनी स्थानीय सरकारले नै निर्देशित गरेको कृष्ण ब वि.क माथी गरेको छुवाछूतको घटना देशव्यापी बनेको थियो ।
आज मालारानी ४ नम्बर वडाको रोबरमा जिल्ला स्थिति अघिकारकर्मी सन्चारकर्मी ,स्थानीय समाजसेवीको उपस्थिति अनि पीडित कृष्ण ब वि.क र पिडक दिनेश घिमिरे बिचको छलफलमा तथा सहमतिमा पिडक दिनेश घिमिरेले आफुले जातिय छुवाछूत गरेको र अबको दिनमा आफू र अरुलाइ पनि यस्तो कार्य नगर्न र नगराउन प्रेरित गर्ने भन्दै कृष्ण वि.क संग माफी मागेको छन् ।
पीडित विकले पनि पिडक घिमिरेलाई समाज र आफुलाई सुधार्न एक पल्टलाई मौका दि आम माफी दिएका छन साथौ क्वारेन्टाइन स्थान्तरणको कुरालाई लिएर वडा अध्यक्ष बिष्णु प्रसाद पोख्रेलले पनि नैतिक जिम्मेवारी लिदै आगामी दिनमा आफ्नो वडामा यस्ता खालका घटना हुन नदिन विभिन्न अभियान र कार्यक्रम गर्ने समेत प्रतिबद्धता जाहेर गर्दै वार्ड कार्यालयको रजिस्टरमा माइनोटिङ्ग गरि सम्झौता गरिएको छ ।