अविरल वर्षाका कारण खाँचीकोटको डिहिडाँडा क्वारेन्टाईन जोखिममा, फजेङखोलाका ३ वटा घरमा पहिरो (भिडियो तस्बिर सहित)
आषाढ़ ६ गते, २०७७ मा प्रकाशित
केशब घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शुक्रबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको जनजीवन अस्तव्यस्त भएको छ ।
यस्तै डिहिडाँडामा रहेको चन्द्र प्रभाको तल्लो भवन जिड क्वारेन्टाईनमा रहेका स्थानिय जोखिममा परेका छन् । लगातार परेको अविरल वर्षाका कारण खाँचीकोटको डिहिडाँडामा रहेको चन्द्र प्रभाको तल्लो भवन भत्किँन लाग्दा क्वारेन्टाईनमा रहेका स्थानिय जोखिममा परेका हुन् ।
यस्तै खाँचीकोटका फजेङखोलाका राम बहादुर पाण्डे, सिता केसी, सिमा केसीका ३ वटा घर माथिबाट पहिरो जाँदा जोखिममा रहेका परेका छन् । पहिरोका कारण तिन घरका परिवार त्यो ठाउँबाट बसाइँसराइ गरेका छन् ।
खाँचीकोटभर ठाउँ- ठाउँमा पहिरो जाँदा स्थानियबासी जोखिममा रहेका छन् ।