फाइल तस्वीर ।
मुस्ताङमा एकजना व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले एक व्यक्तिमा कोरोना ‘पोजिटिभ’ देखिएको शनिबार राति जानकारी दिएको हो ।
प्रयोगशालाले सम्बन्धित जिल्लालाई जानकारी गराएको बताएपनि जिल्लाले यसबारे सार्वजनिक गरेको छैन ।
योसँगै गण्डकी प्रदेशका ११ ओटै जिल्ला कोरोनाबाट प्रभावित भएका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म ४३९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किइसकेका छन् ।
संक्रमितमध्ये एकजनाको यसअघि नै मृत्यु भइसकेको छ । स्याङ्जाको वालिङका ५८ वर्षीय पुरुषको जेठ २५ गते उपचारकाक्रममा पोखरामा मृत्यु भएको थियो । इमेजखबरमा समाचार छ ।