अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय स्वयंसेवक युवा संगठन अर्घाखाँचीले नि:शुल्क माक्स बितरण गरेको छ ।
सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय स्वयंसेवक युवा संगठन अर्घाखाँचीले बजारमा माक्स नलगाई बस्ने, सवारी साधन चलाउने, जिल्ला प्रशासन नगरपालिका, विपन्न परिवारलाई आईतबार नि:शुल्क माक्स बितरण गरेको छ ।
माक्स बितरण कार्यक्रम नेपाल स्वयंसेवक संघका जिल्ला अध्यक्ष आकाश भुसाल, युवा संगठन जिल्ला सह-सचीव सरिता गैरे, सदस्य हलिम खान, सदस्य उमेश गौतमको सहभागीतामा कार्यक्रम सप्पन्न भएको थियो ।
राष्ट्रिय स्वयंसेवक युवा संगठन अर्घाखाँचीले ७ सय नि:शुल्क माक्स बितरण गरेको थियो ।