खाँचीकोटको डिहिडाँडा क्वारेन्टाइनमा सबैको पीसीआर गर्न माग गर्दै पुन: अन्दोलित
आषाढ़ ७ गते, २०७७ मा प्रकाशित
केशब घिमिरे
डिहिडाँडा , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहिडाँडा स्थित चन्द्र प्रभा माबि क्वारेन्टाइनमा १५, २० दिन बढी हुँदासम्म पीसीआर परिक्षण नगरेको भन्दै पुन: अन्दोलित भएका छन् ।
खाँचीकोटको डिहिडाँडा स्थित चन्द्र प्रभा माबि क्वारेन्टाइनमा भारतबाट आएर बसेका सबैको पीसीआर परीक्षण गर्न माग गर्दै अन्दोलित भएका हुन् । उनिहरु स्थानिय जनप्रतिनिधी प्रति आक्रोसित भएका छन् ।
लामो समय भइसक्दा पनि पीसीआर परीक्षण नगरिएको, राम्रो खानाको व्यवस्था नभएको, चर्को गर्मी, विद्युत् व्यवस्थापन नियमित नभएको, खानेपानीको समस्या रहेको र बारम्बार आग्रह गर्दा पनि कुनै व्यवस्थापन नगरिएको भन्दै चाडो परिक्षण गर्न माग गर्दै आन्दोलित भएका छन् । उनिहरुले चाडो परिक्षण नगरे घर क्वारेन्टाइनमा बस्ने गरी जाने बताएका छन् ।
यस्तै पहिला आरडिटी पोजेटिभ आएका एक जनाको पिसिआर नेगेटिभ आएको छ । यस्तै आज ४ जनाको आरडिटी परिक्षणमा पोजेटिभ आएको छ । साथै आज ३ जानको पिसिआर संकलन गरिएको छ भने विवादका कारण १ जनाको भोली गरिने छ ।
उता ज्येष्ठ २७ गते मंगलवार खाँचीकोटकाे आदर्श माबि १० जना, चन्द्र प्रभा माबि क्वारेन्टाइन ५ जना र मैदानको आदर्श माबि क्वारेन्टाइनमा १० जना गरी १५ जना संक्रमित फेला परेका छन् । १५ जना संक्रमितलाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याएर राखिएको छ ।