कागती र उहाँ (गद्यकविता)

निजात रबिन्द्र 
भुमिकास्थान, अर्घाखाँची
कागती ज्यू,छ चै तपाईंको स्वाद कस्तो?
गुलियो,पिरो,अमिलो,तितो कि टर्‍ओ?
उहाँलाई सोध्नुहोस,,,,,
जो तपाईलाई निचोरी खाईरहनु हुन्छ।
अनि बुझ्नुहोस
किन,,उहाँ तपाईं मै रलमल्लिरहनु हुन्छ?
मैले देखेको छु,,,
अहिंसाको पाठ पढाउनेहरुबाट फुलहरु चुटिएको
आमाहरुबाट पनि बच्चाहरु मरणासन्न कुटिएको
प्यास मेट्ने पानीले पनि बाढी बनि बस्तिहरु भुटेको
काँडाको नजिक गइ हावालु बेलून प्वाट्ट फुटेको
तिनै देखाई देखि,,,,
म तपाईंलाई छुन सक्दैन 
न त उहाँलाई नै पुछ्न सक्छु
लागिरहेछ,,,प्रकृतिले परिक्षा ल्याईरहेछ!
पराल भित्र नै आगो खुबै दन्किरहेछ!
समयले गितको भाका गाउद गाउदै,,,
तपाईंको नाम लेमन बन्नेछ 
उहाँ मरे झैँ गरि बाँच्नुहुनेछ
किनकि उहाँ भन्नुहुन्छ ,,,,
घामले पोल्नुमा दोषी सुर्य हैन
म निथ्रुक्क हुनुमा दोषी पानी हैन
बिचलनहरु त चलनहरुमा नै हुने गर्छन् 
गल्ती पनि त सत्यतामा जो खुल्ने गर्छन् 
मत बाँडिए पछि त मतभेद बढी हुन्छ
आगो पनि त आखिर निभ्नु नै जो पर्छ
अब लेमन ज्यू ,तपाईं फुल खेल्नुहोस
उहाँको खरानीले तपाईको रोग मार्नुहोस
कृपया,
विषादी स्वास्थको लागि हानिकारक छ
आवश्यक वनबुटी जहाँतहि जत्ती पनि छ
सुन्नुहोस
हिंसा मार्न जल्नु पर्दैन,जुट्नुपर्छ
इज्जत डकार्न मार्नु पर्दैन,मर्नुपर्छ
इतिहास सपार्न जित्नु पर्दैन ,छेक्नुपर्छ 
शत्रु झपार्न कदापि डट्नु पर्दैन, बच्नुपर्छ
तब लेमन अमिलो नै फल्नेछ।
नोट:कवितालाई काल्पनिक रुपमा मात्र बुझ्नुहोला अन्यथा भाव कुनै घटना स्पर्शी भएमा लेखक जिम्मेवार रहनेछैन।