पटौटीमा खोलाले बगाएर बेपत्ता बालक ३ दिनपछि मृत फेला
June 22, 2020
डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची । अर्घाखाँची डटकम् – व्युरो रिपोर्ट। पाणिनी पर्यटन समाज को नेतृत्वमा खटेको टोलीले तीनदिनदेखी वेपत्ता वालकको शव दुर्गाफाटमा भेटाएको छ । पाणिनी गाँउ पालिका वडा ४ पटौटीकावालकलाई २०७७असार ६ गते ११ :३० वजे पटौटी देखि खोलाले वगाएर लगेको थियो ।
१३ वर्षिय नेपालीलाई खोलाले वगाएपछि सर्वत्र चिन्ता वढेको थियो ।
स्थानीय, जनप्रतिनिधी,नेपालप्रहरी सहितको टोलीवाट सर्वत्र खोजी भई रहेको भएता पनि तीन दिनसम्म भेटाउन सकिएको थिएन तर आज पाणिनी पर्यटन समाजका उपादक्ष्य धुर्व घिमिरेको नेतृत्वमा खटेको टोलीले दुर्गाफाटमाभेटाउन सफल भई नेपाल प्रहरीको खिदिम चौकीलाई वुझाएको जानकारी धुर्व घिमिरेले जानकारीगराउनु भएको छ ।