बिक्रम आचार्य
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नं. ६ जुकेनाको वार्ड कार्यालयले हिजो एक कार्यक्रमको बीच अपाङ्ग तथा अशक्त नागरिकलाई सामग्री वितरण गरेको छ ।
वडाबासीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै बैसाखी, हुइल चियर, स्टेचर, लट्ठी लगाएतका सामग्री वितरण गरिएको हो ।
उक्त सामग्रीको वितरण वडाअध्यक्ष ऋषि रेश्मीको अध्यक्षतामा वितरण गरिएको हो । वितरण कार्यक्रममा बोल्दै बडा बासीहरुलाई यस कोरोनाको प्रकोपमा सबैले लक डाउनको पालन गरी सुरक्षा अपनाएकोमा धन्यवाद दिएका छ्न। उनले स्वास्थ्य सामग्रीको वितरण वार्षिक योजना कार्यक्रम द्वारा गरिएको बताएका छन् । उनले कार्यक्रममा विशेष समयमा वोल्दै असहाय र अपाङ्गको साथमा वडा रहेको कुरा वताए ।
त्यस्तै विशेष समयमा बोल्दै वडा सचिव नारायण पाण्डेले बर्षा सुरु भएकाले शारीरिक अशक्त भएका मान्छेलाई असुविद्या महशुस हुन नदिन उक्त सामाग्री वितरण गरेको बताएका छन । उनले बर्षामा अधिकांश वाटोमा अबरोध सिर्जना हुनाले यस्ता व्यक्तिलाई सहजता प्रदान गरेको वताएका छन ।
कार्यक्रममा वडासदस्य गोविन्द पोख्रेल, रातोप्रेसका पत्रकार विक्रम आचार्य लगायत समाजसेवी बुद्धिजिवीको सहभागिता थियो । कार्यक्रमको सञ्चालन वडा सचिवले गरेका थिए ।