सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाको आर्थिक बर्ष २०७७/२०७८ को बजेट आगामी अषाढ १० गते सार्वजनिक गर्ने तयारी पुरा भएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनु भयो ।
स्थानिय सरकार सन्चालन एन २०७४ बमोजिम सबै प्रकिया पुरा गरि १० गते बजेट सार्वजनिक गर्नका लागि दिनरात कर्मचारी जनप्रतिनिधिहरु खटिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसाले बताउनु भयो ।
गाउँपालिकाले बिश्वब्यापी फैलिएको कोरोना रोग नियन्त्रणसगै बिकास निर्माणका कामहरुलाई निरन्तरता दिएकोले बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि तोकिएको मिति समयमा निति तथा कार्यक्रम सार्बजनिक गरि बजेट सार्वजनिक गर्न लागिएको भुसालले बताउनु भयो ।
छत्रदेव गाउँपालिका बिकासमा नमुना गाउँपालिका हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसाल सहितका कर्मचारीहरु बिहान बेलुका नभनि जन्ताको सेवामा रातदिन खटिएको भन्दै स्थानियले प्रसम्सा गर्ने गरेका छन् ।
बजेट एक भब्य समारोहबीच गाउँपालिकाको सभाहलमा अध्यक्ष लेखनाथ पोख्रेलको सभा अध्यक्षतामा उपाध्यक्ष तुल्सादेवि श्रेष्ठले सार्वजनिक गर्ने कार्यसुचि तय गरिएको छ ।