माधव प्रसाद बेल्बासे
सिद्धारा, अर्घाखाँची असार ९, २०७७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नम्बर ११ सिद्धाराको वार्ड कार्यालयले हिजो सोमबार एक कार्यक्रमको बीच वडा परिषद भेला सम्पन्न गरेको छ । परिषद वडाअध्यक्ष कपिल आलेको अध्यक्षतामा सम्पन्न भएको छ ।
वडाअध्यक्ष कपिल आलेले परिषदमा बोल्दै कृषि पाशु पालन र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनु भएको छ। शिक्षा क्षेत्रको गुणस्तरका लागि वैज्ञानिक शिक्षा प्रणाली क्षेत्रको विकासका लागी कम्प्युटरको वितरण गर्ने बताउनु भएको छ। वडाका योजनाहरु पारदर्शी तरिकाबाट विकासका काम संचालनमा जोड दिने वताउनु भयो।
त्यस्तै सोही परिषदमा बोल्दै नेकपाका स्थानिय नेता गोपाल खनालले कृषिलाई वैज्ञानिककरणतर्फ लानुपर्ने बताउनु भएको छ । उहाँले माटोको जाँच गरी कुन माटोमा कुन खेती उत्पादन हुन्छ, त्यसैको उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।
त्यस्तै श्री शम्भुका प्र.अले विद्यालयको पढाइलाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिनु भयो। त्यसका लागी वडाले प्रत्येक विद्यालयलाई कम्प्युटर वितरणका लागि योजना बनाउन सुझाव दिनु भयो। बर्षायाममा खोलाको सतह बढ्ने हुनाले त्यस्ता ठाउँको पहिचान मार्फत झोलुङ्गे पुल निर्माण गर्न वडाको ध्यानाकर्षण गराउनु भयो।
वडाबासी कुल बहादुर काउछाले केरा खेतीमा जोड दिनुपर्ने बताउनु भएको छ। विभिन्न विपतहरुलेअसर कम गर्ने हुदाँ केरा खेतिको विकास र विस्तारका लागि वडाले ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य छुमाकला पल्ली, इन्द्रबहादुर पल्ली, खुल्का देवी पल्ली , गणेश वहादुर पल्ली लगायत वडावासी, समाजसेवी, बुद्धिजिवीहरूको सहभागिता रहेको थियो । परिषदको सञ्चालन वडा सचिव मोदनाथ ज्ञवालीले गर्नु भएको थियो ।