अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ढिकुराको आइसोलेसनमा योग, नृत्य तथा आर्युबेद औषधिहरु वितरण (भिडियो, फोटो)

अशोक खनाल
ढिकुरा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न. ९  ढिकुरा स्थित सारदा माबि आइसोलेसनमा आयुर्वेदिक औषधि बितरण गर्नुका साथै योग नृत्य ध्यान हास्य लगायतका सेवाहरु प्रदान गरिएको छ ।

छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्युवेद स्वास्थ केन्द्र अर्घाखाँचीले क्वारेन्टाईन र आइसोलेसनमा रहेकाहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न खाले आर्युवेदिक औषधिहरु वितरण गर्नुका साथै योग क्लास सञ्चालन गरको हो । मंगलबार जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न. ९ शारदा मावि ढिकुरामा रहेका २० जनालाई  आमलिकी चुर्ण, अश्वागन्धा चुर्ण, यषरिमधु चुर्ण र पाचन लगायत औषधिहरु वितरण गरिएको थियो । 
उक्त औषधि वितरण कार्यक्रममा आर्युवेद स्वास्थ केन्द्रका प्रमुख डा. अर्जुनराज शर्माले आइसोलेसनमा रहेकाहरुलाई उचित आहारमा ध्यान दिदै नियमित योगा गर्न अनुरोध गर्नु भयो। डा. शर्माले संक्रमण भयो भन्दैमा तनाव नलिइ नियमित सरसफाइ र उचित खानपिनमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।
केन्द्रले सामाजिक बिकाश मन्त्रालय प्रदेश न. ५ को निर्देशन अनुसार जिल्लाको हरेक क्यारेन्टाइन तथा आइसोलेशनमा पुगि आर्युबेद औंषधिहरु बितरण गर्नुका साथै प्रशिक्षक अशोक खनालद्वारा योगा क्लास समेत सञ्चालन गर्दै आईरहेको आर्युबेद स्वास्थ केन्द्रका कबिराज कमल प्रसाद आचार्यले जानकारी दिए ।

अन्य समाचारहरु