मालारानी गाउँपालिकाको राहत कोषमा उदीयमान जनजागृति क्लबद्धारा आर्थिक सहयोग

विष्णु चौहान
मालारानी, अर्घाखाँची असार ९   । उदीयमान जनजागृति क्लबले  मालारानी गाउँपालिकाको प्रकोप  ब्यबस्थापन कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ।
क्लबले पालीका अध्यक्ष बालकृष्ण आचार्य शर्मा ,उपाध्यक्ष प्रमिला क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तीलाई रु ५५५५(पाँच हजार पाँच सय पच्पन्न )रुपैयाँको चेक  हस्तान्तरण गरेको हो ।  
उदियमान जनजागृती क्लब मालारानिले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा रहेको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ। गाउँ समाज सँगै सिङ्गो  देश नै कोभिड-१९ को महामारीसँग  जुधिरएको बेला क्लबले उक्त सहयोग गरेको हो।
आज क्लबको तर्फबाट सचिव विष्णु चौहान, कोषाध्यक्ष चिरञ्जीवी चौहान प्रवक्ता विमल चौहान तथा सदस्य दिपक चौहानले सहयोग रकमको चेक गाउँपालिकाको कार्यलयमै पुगेर प्रमुख प्रसासकिय अधिकृत विष्णु बहादुर घर्ती तथा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीको उपस्थितीमा गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यलाई प्रदान गर्दै यो विपदको समयमा आवश्यक परेको खण्डमा क्लब स्वंयसेवकको रूपमा खटिन तयार रहेको जानकारी दिनुभएको थियो।