मालारानी गाउँपालिकाको राहत कोषमा अहिलेसम्म १,११,७७,०९१ रुपैया जम्मा, ६७ कोरोना संक्रमित (पुरा विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको राहत कोषमा अहिलेसम्म १ करोड ११ लाख ७७ हजार ९१ रुपैयाँ  जम्मा भएको छ । 
मालारानी गाउँपालिकाको राहत कोषमा विभिन्न व्यक्ति, संघ- संस्थाबाट अहिलेसम्म १ करोड ११ लाख ७७ हजार ९१ रुपैयाँ जम्मा भएको हो ।   
यस्तै मालारानी गाउँपालिकाले अर्घाखाँचीडट्कमलाई बताए अनुसार यहाँ हाल  ३२७ जना क्वारेन्टाइनमा रहेका छन् । 
मालारानी गाउँपालिकामा ६७ कोरोन संक्रमित छन् । 
 
यस्तै मालारानी गाउँपालिकामा  भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या ४५०  पुगेको छ ।  
मालारानीमा अहिलेसम्म ३४ ठाउँमा क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म ८६७ बेडको क्षमता रहेको छ ।