सन्धिखर्कका खनाल परिवारद्धारा सटर सहित घर भाडा छुट

हरि कुँवर
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कका एक खनाल परिवारले घर भाडा छुट गरेका छन् । अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंचका पुर्व अध्यक्ष तथा समाजसेवी गिरिराज खनालले दुई महिनाको घरभाडा नलिने भएका हुन् ।
काेराेना भाइरस (कोभिड 19) को रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन को बेला घर भाडामा बस्नेहरुलाई  केही राहत होस् भनेर चैत र बैशाखको बयासी हजार छुट गरिदिएको घोषणा गरेका छन् ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं .१  मिडिया चाेक निवासी खनालले सन्धिखर्कमा रहेका सटर सहित अठार वटा काेठाको भाडा गरि दुई  महिनाकाे भाडा छुट गरेका हुन् । 
 
लकडाउनको कारण रोजगारी गुमाएका अन्य श्रमिकहरु लाई लकडाउनले ठूलो मार पारेपछि आफुले केही राहत पुगोस् भनेर छुट दिएको खनालले बताएका छन् ।

अन्य समाचारहरु