शितगंगामा १० महिने बालिका सहित १२ जनाले जिते कोरोना

२०७७ आषाढ ९, मंगलवार मा प्रकाशित

अराज बेल्बासे
ठाडा, अर्घाखाँची असार ९ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा आज मंगलवार १२ जनाले कोरोना जितेर घर फर्किएका छन् । 
आज ज्योती माबिको आइसुलेसनमा रहेका ११ पुरुष तथा १० महिने बालिका सहित १२ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।
 हिजो आएको पिसिआर रिर्पोटको आधारमा १२ जनामा रिर्पो नेगेटिम आए पछि घर पठाएको शितगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो । कोरोना जितेर घर फर्कनेमा ११ जना वडा नम्बर २ का र १ जना वडा नम्बर १ का रहेका छन उनिहरु लाई स्वागत गर्न नगर प्रमुख सुर्य प्रसाद अधिकारी,उपप्रमुख टिका रेस्मि , प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतम,वडा नम्बर २ का वडा अध्यक्ष गोर्वद्धन थापा,स्वास्थ शाखा प्रमुख कृष्ण पौडेल,प्राथमिक स्वास्थ केन्द्रमा प्रमुख डाक्टर विवेस मंडल, लगायको समुह ज्योती माबिमा पुगेका थिए । 
आज निको हुनेहरुमा १० महिना कि बालिका देखि ३५ बर्ष सम्मका पुरुष रहेका छन् ।  शितगंगा नगरपालिकामा सक्रमित भएका २ जना यस अघिनै कोरोना जितेर घर फर्किएका छन भने कोरोना जित्नेको सख्या १४ जना पुगेको छ शितगंगाका २ वटा आइसुलेसनमा अझै ३० जना सक्रमित  रहेका छन भने बिभिन्न क्वारेण्टिनमा बस्नेहरुको रिर्पोट लामो समय सम्म नआउदा समस्या हुने गरेको छ शितगंगामा ३६ दिन सम्म रिर्पो नआउदा कुरेर बस्ने समेत रहेका छन् । 
 अब शितगंगा नगरपालिकामा करिव ३५० जना बिभिन्न क्वारेण्टिनमा रहेका छन चने करिव ९ सय जना घरमा पर्किसकेका छन् । 

अन्य समाचारहरु