धातिवाङ, अर्घाखाँची व्युरो रिपोर्ट – अर्घाखाँचीडट्कम । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ६ धातिवाङमा लाखौको पोल्ट्री फ़ॉर्म तहस-नहस भएको छ भने पहिरोले घर जोखिममा परेपछि स्थानीयवासी त्रासदी भई विद्यलयमा आश्रय लीनवाध्य भएको पिडितले अर्घाखाँचीडट्कमसँग वताएका छन ।
जिल्लाको पाणिनी गाँउपालिका वडा नं ६ धातिवाॅङमा पहिरोको कारण ३० लाख वरावरको पोल्ट्री फ़ॉर्म पुरीएको वडासदस्य एवं पिडित खगेश्वर पौडेलको भनाई छ । यस्तै तुलवहादुर पचभैया तथा लील वहादुर राष्कोटीको घर जोखिममा भएपछि स्कुलमा आश्रय लिएको अवस्था भएको पिडीत को भनाई छ ।
हामी पानीको भल काट्दै थियौ खोर सार्न भनेर के यता आएका थियौ एक्कासी ठुलो पहिरो गयो म त वेहोस जस्तै भए सायद खोर सार्ननआएको भए पक्का मरिने रहेछ ठुलो कालवाट वचियो, मकै खेती त सकियो नै कागति पनि सकियो अहिले घरमा वस्न पनि जोखिम छ । पहिरोले सवै सक्यो पहिरो पिडित तुल वहादुर पचभैयाको भनाई छ । यस्तै अर्का पिडित लिल वहादुर भन्नु हुन्छ घर पुरै माटोले भरिएको छ भने ट्वाइलेट पहिरोले लाग्यो अहिले हामी स्कुलमा वसेको छौ ।
पाणिनी गाँउ पालिका वडा नं ६ धातिवाॅङमा वडा सदस्य समेत रहनु भएका खगीश्वर पौडेलको लाखौको पोल्ट्री फ़ॉर्म तहस-नहस भएको छ । उहा भन्नु हुन्छ मेरो मेरो ३० लाख वरावरको नोक्सान भएको छ । यतिवेला यों पीड़ादायक अवस्था हेर्न यहाँ घोतारे भन्दा धेरै आएर जनता आएर संझाउनुभएको त छ तर पनि मलाई आर्थिक पिडा ले सताउन छाडेको छैन ।
वास्तविकता रुपमा घटना स्थलको अवस्था निकै दयानीय नै छ । यसमा राज्यको तर्फवाट राहतको वातावरण वन्न जरुरी छ स्थानीय सुमन पौडेलले अर्घाखाँचीडटकम सँगको कुराकानिमा भन्नु भएको छ ।