अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका स्थित ठाडामा अलपत्र अवस्थामा फेला परेकी बालिकाको अभिभावकसँग सम्पर्क आएकी छिन् ।
मालारानी गाँउपालिका वडा नं. ३ खनदह बजारका बाबु कपुर विक र आमा मिना विक बताउने करिब ९ वर्षिया बालिका अनिता विकलाई शितगंगा नगरपालिकाको कार्यालय अगाडी अलपत्र भई रुदै गरेको अवस्थामा फेला परिएको थियो ।
स्थानिय मिडिया रातो प्रेस डट्कमले उनी रहेको वार्ड कार्यालय र उनको अभिभावकसँग सम्पर्क गराई ईलाका प्रहरी कार्यालय ठाडालाई जिम्मा दिएको थियो ।