ठाडामा वार्ड नम्बर ४ द्धारा स्वास्थ स्वयमसेविकाहरुलाई दराज बितरण

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ४ ठाडाले वार्डमा रहेका स्वास्थ स्वयमसेविकाहरुलाई दराज , छाता तथा स्विटर बितरण गरेको छ । 
जन  स्वास्थ सेवाको लागि अहोरात्र खटने स्वयमसेबिकाहरु लाई प्रोत्साहन गर्न सामाग्री बितरण गरिएको वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनु भयो ।
कोरोनाको महामारी को समयमा समेत स्वयमसेबिकाहरु बिभिन्न स्थानमा खटिरहेका छन । वडा का बिभिन्न कार्यक्रम तथा गतिबिधीका निस्वार्थ रुपमा खटने स्वयमसेबिकाको लागि वडाले धेरै गर्ने नसके पनि सामान्य रुपमा दराज बितरण गरेको वडा अध्यक्ष अधिकारीले बताउनु भयो ।
वडा बासीको स्वास्थ सेवामा समेत खटिरहने र बिभिन्न स्वास्थ सचेतनामा खटिरहने स्वास्थ स्वयमसेबिकाहरुलाई वडाले सम्मान स्वरुप सामाग्री बितरण गरेको हो वडामा रहेका ९ जना स्वास्थ स्वयमसेबिकाहरुलाई सामाग्री बितरण गरिएको हो ।  

अन्य समाचारहरु