छत्रदेव गाउँपालिकाको नवौं गाउँसभा तथा आर्थिक वर्ष २०७७/०७८को बजेट पारित

सुर्य भुसाल  
छत्रदेव, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिकाको नवौं गाउँ सभा तथा आर्थिक वर्ष २०७७/०७८को बजेट एक कार्यक्रमका बिच पारित भएको छ।
जस अन्तर्गत कुल आम्दानी तर्फ ६१करोड ३३लाख ६१ हजार ८० रुपियाँ त्यस्तै व्यय तर्फ चालु खर्च ३८करोड ८६लाख २६हजार र पुँजिगत तर्फ २२करोड ४७लाख ३५ हजार बजेट विनियोजन गाउँपालिकाकी उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले बजेट वक्तव्य मार्फत प्रस्तुत गर्नुभएको हो।
बजेट मा स्वस्थ्य, शिक्षा, कृषि स्वरोजगार,खानेपानी लाई विशेष प्राथमिकता दिएर बजेट प्रस्तुत गरिएको हो।जसका लागी सशर्त अनुदानको रुपमा प्राप्त भएको २१करोड ७७लाख रुपियाँ बजेट छुट्टाएको हो।अन्य रकम भौतिक पुन निर्माण ,सडक स्तर उन्नति र दैनिक कार्यालयमा संचालन खर्च हुने छ।
कार्यक्रममा वडा नम्बर ६का वडा अध्यक्ष कमल पौडेल ,वडा नम्बर ३का तेज प्रसाद खनाल,वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ ,कार्यपालिका सदस्य सारदा खनाल,वडा सदस्य गोपाल मरासिनी लगायतले मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रममा कार्यपालिका सदस्य कर्मचारी संचारक्रमी लगायतको सहभागीता रहेको थियो।कार्यक्रम गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको संचालनमा सम्पन्न भएको हो।

अन्य समाचारहरु