खनदहमा मालारानी गाउँपालिकाको नवौं गाउँ सभा तथा आर्थिक वर्ष २०७७/०७८को बजेट पारित

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिकाको नवौं गाउँ सभा तथा आर्थिक वर्ष २०७७/०७८को बजेट एक कार्यक्रमका बिच पारित भएको छ।
गाउँसभाले आगामि आर्थीक बर्षको लागी चालु तर्फ ३४ करोड ९५ लाख र पूजिगत तर्फ १७ करोड २६ लाख ८ हजार ६ सय ६० रुपैयाबरबारको बजेट पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले पेश गर्नु भएको थियो । 
आगमि आर्थिक बर्षमा स्वास्थ्य ,कृषि क्षेत्रलाई प्राथामिकता दिएर काम अगाडि बढाउने गरि निती कार्यक्रम लिएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।