कृषिलाई प्रथामिकतामा राख्दै पाणिनि गाँउपालिकाको नवौँ गाउँसभा सम्पन्न (भिडियो, फोटो)

डिआरजी सुमन
दुर्गाफाट, अर्घाखाँची व्युरो रिपोर्ट,अर्घाखाँची डटकम् । अर्घाखाँची जिल्लाको गाउँपालिका भित्र स्वच्छ पिउने पानी, व्यवसायिक कृषि, स्वस्थ जीवनशैली तथा पूर्वाधार विकासमा जोड दिँदै आर्थिक, सामाजिक, साँस्कृतिक पक्षहरुको विकास गरी पर्यटकीय गन्तव्य सहितको सक्षम, आत्मनिर्भर र स्वरोजगारयुक्त गाउँपालिका निर्माण गरी जनताकोजीवनस्तरमा सुधार ल्याउने , पाणिनी गाउँपालिकाको आ.व.२०७७/७८ का प्राथमिकताका क्षेत्रहरुमा सर्वसुलभ भरपर्दो र गुणस्तरीयस्वास्थ्य सेवा,कृषिमा आधुनिकीकरण र व्यवसायीकरण सहित रोजगारी सिर्जना,स्वच्छ खानेपानी तथा सुरक्षित सडक उर्जा तथासिंचाइ,गुणस्तरीय शिक्षा योग्य तथा दक्ष जनशक्ति उत्पादन,संस्कृति तथा पर्यटन प्रबर्द्धन गर्ने लगायतका महत्वपूर्ण पक्ष लाईप्रथामिकतामा राखी निती तथा कार्यक्रम प्रस्तुत भएका छन ।
कृषि तथा पशुपंक्षी पालन क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरण गरी कृषि व्यवसाय प्रबर्द्धनको माध्यमबाट रोजगारी सिर्जनामा जोडदिइनेछ ।,मकै, धान, गहुँ, तरकारी, फलफूलको पकेट क्षेत्र घोषणा गरी मल, विउ, औषधीमा अनुदानको व्यवस्था मिलाईनेछ ।संचालनभएको कृषि भण्डारण तथा बजारीकरणको व्यवस्थालाई निरन्तरता दिइनेछ ।,पटौटी, पणेना, पोखराथोक¸खिदिम¸ मैदान तथाअड्‍गुरीलाई समेटी संचालन भएको सुन्तला तथा कागतीको पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिइनेछ ।,व्यवसायिक फर्महरुबाटउत्पादित दुध तथा मासुजन्य पदार्थको वजारीकरणको लागि तथा अनुदानको रुपमा दिँदै आएको सहयोग उपलब्ध गराइनेछ ।
दुध, तरकारी, मासु र अण्डा लगायतका कृषि उत्पादनलाई उत्पादनको आधारमा अनुदानको व्यवस्था गरिनेछ।,गाउँपालिकाभित्र उत्पादितखाद्य उपजको स्थानीय समर्थन मूल्य तोक्ने र भण्डारको लागि खाद्य बैंक स्थापनामा जोड दिइनेछ ।,पोल्ट्रि शीतभण्डार (फ्रिजिङ्गहाउस) निर्माणको लागि सम्भाव्यता अध्ययन गरी प्रकृया अगाडी बढाइनेछ ।,बाँझो जग्गालाई समेत मध्यनजर गरी माटो परिक्षण सहितचिया तथा मसलाबाली उत्पादनतर्फ जोड दिइ प्रबर्द्धन गरिनेछ।,मत्स्यपालन व्यवसायको सम्भाव्यता अध्ययन गरी व्यवसाय प्रबर्द्धनगरिनेछ ।,व्यवसायिक कृषि/पशुपंक्षी क्षेत्रका कृषक तालिममा जोड दिइनेछ।,बोयर बाख्राको स्रोत केन्द्रको रुपमा स्थापना गर्ने गरीसंचालित पोखराथोक, मैदान र अड्‍गुरीका केन्द्रहरुमा उत्पादन समेत सुरु भैसकेको छ ।ती केन्द्रहरुलाई थप व्यवस्थापन सहित अगाडीबढाइनेछ ।
कृषि पेशालाई सम्मानित र मर्यादित बनाउन कृषकलाई उत्पादनको आधारमा सम्मानका कार्यक्रमहरु अगाडी बढाउँदै लगिनेछ।,फलफूलतथा तरकारी उत्पादनको बृद्धि गर्नको लागि सबैको घर फलफूलको बहार कार्यक्रम अन्तर्गत कृषकसँगको साझेदारीमा विरुवा वितरणकार्यक्रमलाई निरन्तरता दिइनेछ।,कृषिमा व्यवासायीकरण र यान्त्रिकरणको लागि कृषिमा आधारित यन्त्र उपकरणमा अनुदानकोव्यवस्था गरिनेछ ।,कृषिमा युवाहरुलाई आकर्षित गर्नका लागि युवाहरुको मागमा आधारित कृषि कार्यक्रमहरु संचालन गरिनेछ।,पशुपंक्षी उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न नश्ल सुधारका कार्यक्रमहरुलाई उच्च प्राथमिकताका साथ संचालन गरिनेछ ।, कृषि तथापशुपंक्षी विमा कार्यक्रममा कृषकसँग साझेदारी गरिनेछ ।
पशुपंक्षी पालन क्षेत्रको विकासको लागि कृषक समूह, समिति, सहकारी संस्था र गाउँपालिकाको वीच साझेदारी गरिनेछ ।,कृषि तथापशु ढुवानी गर्ने सवारी साधन खरिदमा अनुदानको व्यवस्था मिलाइने छ, कृषि एम्बुलेन्स संचालन गर्ने निती लिइने छ । 
व्युरो रिपोर्ट डिआरजी सुमन /अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु