डिभर्नामा वार्ड नं. ११ को वार्डकार्यालय भवनको सिल्यान्यास

अर्घाखाँचीडट्कम संवाददाता 
डिभर्ना,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाको प्रशासनिक भवन वार्ड कार्यालयको सिल्यान्यास गरिएको छ । 
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले भवनको सिल्यान्यास गर्नु भएको हो ।
कार्यक्रममा वार्ड अध्यक्ष धुर्वराजा आचार्य, नगरपालिकाका प्राबिधिक हरि बहादुर बोहरा, नारायण पोख्रेल, निर्माण ब्यबसायी कृष्ण प्रसाद बस्याल, वार्ड सचिब पुस्कर आचार्यको उपस्थिति रहेको थियोे ।
चालु आ. व . २०७६र७७ मा शुरू भै ०७७ र७८ भित्रमा भवन निर्माणको लक्ष्य लिइएको छ । करीव २ करोडको लागतमा सम्पन्न हुने भवन निर्माणकोे कामलाई तिव्र रुपमा अगाडी बढाइएको वडा अध्यक्ष धुर्वराज आचार्यले जानकारी दिनुभएको पत्रकार विक्रम पाण्डे बताउनुभयो ।

अन्य समाचारहरु