सिमलपानीमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ

ऋषीराम विश्वकर्मा
सिमलपानी, अर्घाखाँची असार १२, २०७७। अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.  १३ सिमलपानीमा आज देखि आर्थिक वर्ष ०७६/७७ का लागि छुट्टाएको रकमबाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ भएको छ।  शितगंगा नगरपालिका वडा नं. १३ ले आज शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको हो।
रोजगारमा खटिएकाहरुले वडाले खटाएको स्थानमा विकास निर्माणका काम गर्नुपर्ने कार्यालयले जनाएको छ।प्रधानमन्त्री रोगजारीका लागि वडा कार्यालयमार्फत दरखास्त आवेदन दिएका थिए। अन्तिम छनौटमा परेका गरिब तथा बिपन्न परिवारका सदस्यलाई रोजगारीको अवसर मिलेको छ।
आजबाट सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले शि.न.पा १३ मा पारे देखि मुसिवान जोडने बाटोको ट्रयाक खोल्ने गरि काम सुरु भएको वडा अध्यक्ष दुर्गा बिसीले जानकारी गराउनु भयो । साथै कोरोनाको कहर बाकि नै रहेको हुदा कामदार बिच भौतिक दुरि कायम राख्दै काम हुने कुरा उहाले बताउनु भयो ।
लकडाउनको कारणले दैनिक गुजरा गर्न धौ धौ भएका परिवार रोजगारको अबसर पाउँदा खुशी भएका छन । लकडाउनको कारणले बाहिर काम गर्न पनि जान नसकेको बेला आफ्नै ठाउमा केहिदिन भएपनी रोजगार पाएको भन्दै काममा संलग्न देबि शिह बिसीले खुसी व्‍यक्त गर्नुभयो । 

अन्य समाचारहरु