अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) आषाढ १२, शुक्रवार । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीकाले आर्थिक वर्ष २०७७-७८ को बार्षिक बजेट बिवरण जानकारी गराउन राजनीतिक दलका पत्रकारहरु तथा आफ्ना पक्षमा समाचार बनाउनेसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
भुमिकास्थान नगरपालीकाले आर्थिक वर्ष २०७७-७८ को बार्षिक बजेट बिवरण जानकारी गराउन अर्घाखाँचीडट्कम बाहेकका राजनीतिक दलका पत्रकारहरु तथा आफ्ना पक्षमा समाचार बनाउनेसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
कोरोना भाईरस रोकथाम र नियन्त्रणमा असफल देखिएका भुमिकास्थान नगरपालीकाका नगरप्रमुख रेशम थापाले आफ्ना पक्षका पत्रकारहरुलाई नगरपालीका भित्रका जनताहरुले अनुभुति गर्ने गरी बिकास निर्माण भैरहेको बताएका थिए । थापाले नगरभित्र भौतिक पुर्बाधारको बिकास संगै सडक ,शिक्षा स्वास्थ्य,खानेपानी लगायतका क्षेत्रको उल्लेखनिय बिकास भैरहेको बताए ।
यस्तै नगरप्रमुख थापाले नगर भित्र सडक बिस्तार,काठका पोल बिस्थापन,एकघर एक धारा जडान,पालीका र वडाहरुको भबन निर्माण,कृषि पशुपालन लगायतका क्षेत्रमा देखिने गरी काम गरीरहेको बताएका थिए ।
साथै कार्यक्रममा मनतब्य राख्दै नगरउपप्रमुख खडानन्द बेल्बासेले भुमिकास्थान नगरपालीकालाई नमुना पालीका बनाउने गरी आफुहरुले काम गरीरहेको बताए । बेल्बासेले अन्य पालीका भन्दा भुमिकास्थान नगरपालीकामा धेरै राम्रो काम भएको दाबी पनि गरे । नगरपालीकाका योजना सहायक शेषकान्त घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीले आ.ब २०७७-७८ को बार्षिक बजेट बितरणको बारेमा प्रकाश परेका थियो । भुमिकास्थान नगरपालीकाले आ.ब २०७७-७८ को लागी रु ७१ करोड ६२ लाख ११ हजार ७ सय ६० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यही असार १० गते सम्पन्न नगरको सातौं नगर सभाले ४२ वटा नगरका योजना,१४ वटा वडाका योजना र १८ वटा कार्यक्रमका योजनाहरु पास गरेको हो । यसैबिच भुमिकास्थान नगरपालीकाले स्थापना गरेको कोरोना राहत कोषमा अहिलेसम्म ५० लाख ७३ हजार जम्मा भएको छ भने ३७ लाख भन्दा बढी खर्च भएको नगरपालीकाले जनाएको छ ।
उता भुमिकास्थान नगरपालीकाले कांग्रेस, मसाल, नेकपा लगायतका राजनीतिक दलका पत्रकारलाई मात्र निमन्त्रण गरेको थियो । अर्घाखाँचीमा जिल्ला वा राष्ट्रिय मिडियामा काम गर्ने शत प्रतिशत संचारकर्मी राजनीतिकमा सकृय छन् । जिल्लामा सरकारी कार्यालयदेखि संघ-संस्थाले राजनीतिक दलका पत्रकारलाई मात्र निमन्त्रण गर्छन् ।
तर उक्त कार्यक्रममा अर्घाखाँचीडट्कमका प्रतिनिधिहरुलाई भने निमन्त्रण गरिएको थिएन् । जिल्लामा हुने कार्यक्रममा राजनीतिक दलका पत्रकारलाई मात्र निमन्त्रण गर्ने प्ररम्परा छ । तर जिल्लाको एकमात्र प्रमुख मिडिया डट्कमलाई निमन्त्रण गरेको देखिदैन ।
अर्घाखाँचीमा पछिल्लो समय राजनीतिक पत्रकार, व्यापारी, संघ- संस्थाले आफ्नो प्रचारप्रसारको लागि सहयोग सामाग्री वितरण गरेको देखिन्छ ।