पाणिनीमा हैवी मशीनले मोटरवाटो विस्तार गर्दा ठुलो धनजनको क्षति भएपछि व्यापक जनविरोध
आषाढ़ १३ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
पाणिनी, अर्घाखाँची १२ असार अर्घाखाँची डटकम् – व्युरो रिपोर्ट । अविरल वर्षाको क्षतिकै कारण पाणिनी ४ मा एक जनालाई खोलाले वगाएर मृत्यु भयो , यस्तै पाणिनी ६ मा गएको पहिरोले ३० लाख वढीकोपोल्ट्री फ़ॉर्म र लाखौको खेति नस्ट गर्यो , दुर्गाखोलामा आएको वाढीले खेत नैकटानगर्यो ढोरपाटनसडक देखी कयौँ साखा मार्ग वन्द छन । वर्षाकै कारण जमिन गलेर लगातार पहिरो गई रहेको समयमाअसारेवजेटसक्ने खेलमा जनतालाई सांस्ति दिदै मंसिर पुसमा प्रयोग गर्नुपर्ने ठुला मेशिनको कामअसार ९ देखी सुरु भएको छ ।
२०७७ असार ०९ वाट सुरु भएको वाटो विस्तार कार्य २ दिन पछि नै जनताको विरोधमा मेशिनरोकिएको छ । पाणिनी गाँउपालिकावडा नं ५ नेटाका पोखरा देखी पाणिनी ६ कोट सम्म को मोटरवाटो साघुरो भएको भन्दै सांसद विकास कोषको रु १० लाखवरावरकोवजेटमा सड़क विस्तार सुरुभएको छ । यसरी वाटों विस्तार गर्दा स्थानीय जग्गाधनिलाई नै थाहा नदिई नोक्सानगरिएकोकारणस्थानीय विरोधमा उत्रिएको स्थानियको भनाई छ ।
पाणिनीमा जताततै वाढी पहिरोको कारण पुर्ण रुपमा निर्माण भएका सड़क समेत अवरुद्ध भएकोसमयमा स्थानीयजग्गाधनीसँगछलफल नै नगरी आफ्ना मकैवारी र खरवारीका वोटविरुवा सहितजग्गा भत्किदा जनतालाई पीड़ा हुनु स्वभाविक नै हो। तपाईहरुजग्गा धनिसँग छलफल नै नगरी किनयति ठुलो नोक्सान गर्नु भयो भनेर सोध्दा हामीलाई समितीका ज़िम्मेदारपदाधिकारिले नै हामीनैसर्वेसर्वा हौ मेशिन रोकिदैन तपाईहरु जे सक्नु हुन्छ गर्नुहोस भनेर धम्किको भाषा प्रयोग गरेपछि जग्गाधनिआक्रोशित वनेरप्रशासन र मिडिया गुहार गर्न वाध्य भएका हौ स्थानीयको जनताको सामुहिकभनाई छ ।
हामीले समय वर्षाको छ यसवेला ठुलो मेशिन होईन सानो जेसीबी प्रयोग गरी वाटो लैजानु होस र पछिपछि ठुलो मेशिन प्रयोगगरीढुंगा फुटाउनु होस , असारको महिना छ जताततै पहिरोको जोखिम छभन्दा समितीका पदाधिकारी ले वास्ता नगरी हाम्रा ठुलाठुलावोटविरुवा र खरवारीमा समेत क्षतिगराउदै मेशिन चलाएपछि हामी वाध्य भएर कड़ा कदम चाल्न वाध्य भएका हौ स्थानीयजग्गाधनीकृष्णगैरेले अर्घाखाँची डटकम सँग भन्नु भयो ।
कसैसँग छलफल नै नगरी यतिठुलो वाटो वनाउदै गर्दा हाम्रा काठ तथा खाँस मात्र नोक्सान भएका छैननवाँकि जमिन नैपहिरोकोजोखिम वढेको छ स्थानिय ज्ञानु वेल्वासे वताउनु हुन्छ । यसरी यति ठुलोमेशिन चलाउन कसरी अनुमति दिनु भयो भन्नेपत्रकार कोजिज्ञासामा पाणिनी गाँउ पालिका वडा ६ कावडा सदस्य खगेश्वर पौडेल भन्नु हुन्छ , म सानो मेशिन चलाउनु पर्छ , अहिलेअसारकोमहिना छभोलीसम्म रोक्नु जनतालाई वोलाई छलफल गरेर निर्णय गरौला पहिरोको जोखिम हुन्छ भनेको थिएतर समितिलेनमानीएकाएक ठुलो मेशिन प्रयोग गर्यो त्यो सरासर ग़लत हो यसमा गंभीर त्रुटि भएकोछ ।
तपाईहरुले स्थानीय सँग छलफल नगरी किन यसरी ठुलो मेशिन चलाएर क्षति गराउनु भयो यसकोक्षतिपूर्ति कसले दिनेभन्नेपत्रकारको जिज्ञासामा समिती अध्यक्ष सेमलाल पौडेलको भनाई अलिफरक थियो । मेशिन आई हाल्यो अनि सुरु गर्यौ, हामीसँगसमय नभएकोले सवैलाई जानकारी गराउनसकिएन यद्यपि केही स्थानिय लाई जानकारी गराएको थिए तर पनि हामी गल्तिगर्यौ अवसुधार गरेरजनतालाई चित्त वुझाएर लैजान तयार छौ ।
हामी मोटरवाटो नलैजानु भनेका छैनौ सानो जेसीबी प्रयोग गरी कम क्षति हुनेगरी लैजानु भनेको उल्टैहामीलाई तपाईले भनेर हुदैनभन्दैधम्कि मात्र आएन अझै अगाडी वढ्यो र हामी प्रहरीलाई फोन गर्यौप्रहरीले तत्काल रोक्न निर्देशन गरेपछि मेशिन रोकियोस्थानीयभेकलाल गैरेको भनाई छ ।
आकस्मिक रुपमा विवाद चर्किएपछि स्थानियको तर्फवाट कृष्ण गैरे,समितीको तर्फवाट सेमलालपौडेल , पाणिनी गाँउ पालिकावडानं ६ वडा सदस्य खगेश्वर पौडेल र ४ नं वडा सदस्य राधिकाघिमिरेको नेतृत्वमा वसेको वैठकले अन्त्यमा कम क्षति हुनेगरीवैकल्पिकमेशिन प्रयोग गरी वाटोनिर्माण गर्ने सहमतिमा वैठक सकिएको छ ।