नेकपा सन्धिखर्कका नेता कार्कीको निधन, अध्यक्ष आचार्यद्वारा दु:ख व्यक्त

शोभाखार पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिस्ट पार्टी नेकपा सन्धिखर्कका नेता लेस बहादुर कार्कीको निधन भएको छ ।
सनपा ९ निबासी बयोबृद्ध स्थानीय नेता कार्कीको ७८ बर्षको उमेरमा उपचारको शिलशिलामा बुटवलमा हिजो मृत्यु भएको हो ।
दिवंगत नेता कार्कीको स्थानीय बाँगी घाटमा अन्त्यष्टि गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले नेपाल कम्युनिस्ट पार्टीको झण्डा ओढाई उहाँ लाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
यसैबीच अध्यक्ष आचार्यले पार्टीका जुझारु ,ईमान्दार र निष्ठावान ,पुराना कार्यकर्ता कार्कीको असमायीक निधनले पार्टी लाई अपुरणिय क्षति भएको बताउनु भयो । उहाँले स्वर्गीय नेता कार्की सरल र ईमान्दार नेता भएको बताउँदै उहाँले एक ईमान्दार राजनितीक एवं सामाजिक व्यक्तित्वलाई गुमाउनु पर्दा निक्कै पीडा बोध भएको बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सन्धिखर्कका अध्यक्ष श्रीकृष्ण भुसालको संचालनमा सम्पन्न अन्त्यष्टि कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य द्वय पिताम्बर भुसाल ,  राजेन्द्र भुसाल ,जिल्ला कमिटी सदस्यहरु केवी भुसाल , रामबहादुर रायमाझी ,युवराज भुसाल ,देवबहादुर रायमाझी , खुबिराम आचार्य, वडा नं. १० का अध्यक्ष लक्ष्मीनारायण चुँदाली,नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष कुसल भुसाल ,नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी लगायत ठुलो संख्यामा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा जनताको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु