सागर महत / अर्घाखाँचीडट्कम संवाददाता
पकले, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -८ किमडाँडाको पकलेमा रहेको श्री जनता कृष्ण माध्यामिक विधालयमा पढाई शुरु भएको छ ।
किमडाँडाको पकलेमा रहेको श्री जनता कृष्ण माध्यामिक विधालयले ८ स्थानमा पुगेर निश्चित दुरि कायम राख्दै विभिन्न समूह बनाई मास्क र स्यानिटाइजरको प्रयोग गरेर बिद्यार्थीहरुलाई पढाउन शुरु गरेको हो ।
तीन महिनासम्म विद्यालय नखुल्दा विद्यार्थीहरुको स्मरणशक्तिमा ह्रास आएको भन्दै विद्यालयले पठन–पाठन सञ्चालन गरेको हो ।
कक्षा–१ देखि ९ सम्म अध्ययनरत् विद्यार्थीलाई पहिलो चरणमा दिनमा दुईदेखि तीन घन्टा चौरमा सामाजिक दूरी कायम गर्दै पठन–पाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । वर्षा भएको समयमा भने कक्षा सञ्चालन नहुने उहाँले बताउनुभयो ।
नगरपालिकासँग समन्वय गरी जिल्लामा पहिलोपटक आफ्नो वडाबाट पठन–पाठनको सुरुआत गरिएको सन्धिखर्क नगरपालिका–८ का अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । ग्रामीण भेगमा बालबालिकाको सिकाइका लागि रेडियो, टेलिभिजन र अनलाइन कायक्रम प्रभावकारी नहुने हुँदा चौरमै पठन–पाठन गराइएको हो ।
उता जिल्लाका अन्य विधालयले अन्लाईनबाट तथा निश्चित दुरि कायम राख्दै बिद्यार्थीहरुलाई पढाउन शुरु गरेका छन् ।