वाङ्लाको नाङ्गेठाटीमा प्रधानमन्त्री-कृषि परियोजना अन्तर्रगत किसानलाई कृषि सामाग्री वितरण (फोटो सहित)

सुर्य भुसाल अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.-४ वाङ्लाको नाङ्गेठाटीमा प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना अन्तर्रगत संचालित “वाङ्ला व्यवसायी मकै बाली ब्लक समितिले कृषकको लागि कृषि औजार तथा अन्य आवश्यक कृषि सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । 
वाङ्लाको नाङ्गेठाटीमा प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना अन्तर्रगत संचालित “वाङ्ला व्यवसायी मकै बाली ब्लक समितिले कृषकको लागि कृषि औजार तथा अन्य आवश्यक कृषि सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो । 
कृषि सामाग्री वितरण कार्यक्रममा हाते ट्याक्टर, त्रिपाल, कन्सुलर, मकै रोप्न मेसिन,मकै पोस्कर, छोड्याउने मेसिन, सुपरग्रिन ब्याग,पलाष्ट्रिक पोखरी,कोदाला,दाँजे लगाएत समाग्रीहरु कृषकहरुलाई वितरण गरिएको छ ।  
वितरण कार्यक्रममा समितिका संयोजक ज्योति अधिकारी , कार्यक्रम प्रमुख अतिथि तथा नगर प्रमुख कमल प्रसाद भुसाल , वडाअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ , नगर कार्यपालिका सदस्य मान वहादुर सुनार,स.न.पा.-४ का वडा सदस्य हरु , कृषि ज्ञान केन्द्रका नारायण प्रसार भुसाल ,कृषि अधिकृत राम बहादुर रायमाझी,कृषि कर्मचारी झविन्द्र प्रसाद अाचार्य समाजसेवी कमल प्रसाद भट्टराई ,गोविन्द सुनार लगाएत २८ वटा कृषि समुहका प्रमुख तथा प्रतिनिधि लगाएको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य खिम बहादुर थापाले राख्नु भएको थियो । 
यस्तै कार्यक्रम संचालन वडासचिव संगिता घिमिरेले गर्नुभएको थियो । कार्यक्रम अधिकांस वक्ताहरुले कार्यक्रम सफलताको शुभकामना दिदै आधुनिक तथा वैज्ञानिक कृषिमा जोड दिनुभएको थियो । 
यस्तै कार्यक्रम ज्ञान केन्द्रको ५०% अनुदान र कृषकले ५०% लगानीमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु