खिदिम
अर्घाखाँचीडट्कम संवाददाता
खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर -३ खिदिममा घरायसी झगडापछि खोलामा हाम फाल्दा ४ जना घाइते भएका छन् ।
प्रहरी चौकी खिदिम र ग्लोबल आवाजका अनुसार खिदिमका सुवास नेपालीले जाँड खाएर परिवारसँग झगडा गरेपछि उनका परिवारले घर नजिकको खोलामा हाम फालेका हुन् ।
सुवासका श्रीमती २५ वर्षिया पबिता नेपालीले आफ्ना ३ जना छोराछोरी ६ वर्षिया छोरी टिका नेपाली, ४ वर्षका छोरा चरण नेपाली र १८ महिनाको काखको बालक विष्णु नेपालीलाई लिएर एक साथ खोलामा हामफोलेकी थिईन् ।
हामफोलेको देखिपछि स्थानियबासीले खोलामा बग्दै गरेका अवस्थामा उद्दार गरेका थिए । घाईते उनिहरुको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।