किमडाँडाको आपखाेला बरनेटामा कपुर पार्क निर्माण (भिडियो, फोटो सहित)
आषाढ़ १४ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
आपखाेला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको आपखाेला बरनेटामा कपुर पार्क निर्माण गरिएको छ ।
किमडाँडाको आपखाेला बरनेटामा युवाहरुको सामुहिक पहलमा कपुर पार्क निर्माण गरिएको हो ।
कपुर पार्कमा झन्डै १० राेपनी जग्गालाई संरक्षण गरि काढेतारले तारबार गरि तेजपत्ता, धुपिसल्ला, कपुर, लालुपाते लगायतका १५० महत्त्वपूर्ण विरुवाहरु लगाईएको छ ।
डिभिजन बन कार्यलय अर्घाखाँचीले बिरुवाकाे सहयाेग गरेको थियोे ।