केशब बन्जाडे अर्घाखाँचीडट्कम संवाददाता
रातामाटा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको रातामाटामा रहेको श्री अन्नपूर्ण माध्यमिक बिधालयमा पढाई शुरु भएको छ ।
धारापानीको रातामाटामा रहेको श्री अन्नपूर्ण माध्यमिक बिधालयले आफ्नो विधालय क्वारेन्टाइन र आईसोलेशन बनाईएकोले बिद्यार्थीहरूलाई पायक पर्ने टोल समावेश गरि खुल्ला स्थानमा निश्चित दुरि कायम राख्दै विभिन्न समूह बनाई मास्क र स्यानिटाइजरको प्रयोग गरेर पढाउन शुरु गरेको हो ।
तीन महिनासम्म विद्यालय नखुल्दा विद्यार्थीहरुको स्मरणशक्तिमा ह्रास आएको भन्दै विद्यालयले पठन–पाठन सञ्चालन गरेको हो ।
कक्षा–१ देखि १० सम्म अध्ययनरत् विद्यार्थीलाई पहिलो चरणमा दिनमा दुईदेखि तीन घन्टा चौरमा सामाजिक दूरी कायम गर्दै पठन–पाठन सञ्चालन गरिएको विद्यालयले बताएको छ । साथै वर्षा भएको समयमा भने कक्षा सञ्चालन हुने छैन् ।
ग्रामीण भेगमा बालबालिकाको सिकाइका लागि रेडियो, टेलिभिजन र अनलाइन कायक्रम प्रभावकारी नहुने हुँदा चौरमै पठन–पाठन गराइएको हो ।
उता भुमिकास्थान नगरपालिका वार्ड नम्बर -८ नुवाकोटको लम्चीमा रहेको श्री लम्ची आधारभूत विद्यालय र सन्धिखर्क नगरपालिका वार्ड नम्बर -८ किमडाँडाको पकलेमा रहेको श्री जनता कृष्ण माध्यामिक विधालयमा पढाई शुरु भएको छ । भने जिल्लाका अन्य विधालयले अन्लाईनबाट तथा निश्चित दुरि कायम राख्दै बिद्यार्थीहरुलाई पढाउन शुरु गरेका छन् ।