सन्धिखर्कको स्यालेमा निर्माण भएको कर्बडहल तीन बर्षपछि संचालनमा आयो

अर्घाखाँचीडट्कम संवाददाता
स्याले, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १ सन्धिखर्कको स्यालेमा निर्माण भएको कर्बडहल तीनबर्षपछि ब्याडमिण्टन खेलाडीहरुले आफ्नै सक्रियतामा संचालनमा ल्याएका छन् ।
सन्धिखर्कको स्याले र आटिकापाटाबीच निर्माण भएको कर्बडहल तीनबर्षपछि ब्याडमिण्टन खेलाडीहरुले आफ्नै सक्रियतामा संचालामा ल्याएका हुन् ।
खेलाडी तथा मर्मत समितिका अध्यक्ष अशोक भुसालका अनुसार शौचालय सरसफाई र कर्बडहलको ब्याडमिण्टनकोटमा रङ्गरोगन गरिएको छ । 
 निर्माण सम्पन्न भएको तीनबर्ष पछि मर्मत गरि संचालनमा ल्याएउनको लागि झन्डै पाँचलाख खर्चभएको ब्याडमिण्टन खेलाडी कृष्ण खनालले जानकारी दिनुभयो ।
अर्घाखाँचीका खेलाडीहरुले खेलक्षेत्रमा बजेट धेरैबिनियोजन गरेपनि सहीठाउँमा खर्च हुन नसकेको बताएका छन् । आजभोली यो भबनमा दैनिक ४० जना युवाहरु ब्याडमिण्टन खेल्दै आएका छन् ।

अन्य समाचारहरु