अर्घाको श्री अर्घा रजस्थल मावीमा सामाजिक दुरी कायम गर्दै पढाई शुरु

अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९  अर्घाको श्री अर्घा रजस्थल माध्यमिक बिधालयमा पढाई शुरु भएको छ ।
अर्घाको श्री अर्घा रजस्थल माध्यमिक बिधालयमाले आफ्ना शिक्षक परिचालन गरि बिद्यार्थीहरूलाई पायक पर्ने  टोल  समावेश गरि खुल्ला स्थानमा निश्चित दुरि कायम राख्दै विभिन्न समूह बनाई  मास्क र स्यानिटाइजरको प्रयोग गरेर पढाउन शुरु गरेको हो ।
तीन महिनासम्म विद्यालय नखुल्दा विद्यार्थीहरुको स्मरणशक्तिमा ह्रास आएको भन्दै विद्यालयले पठन–पाठन सञ्चालन गरेको हो ।
१० कक्षासम्म अध्ययनरत् विद्यार्थीलाई पहिलो चरणमा दिनमा दुईदेखि तीन घन्टा चौरमा सामाजिक दूरी कायम गर्दै पठन–पाठन सञ्चालन गरिएको विद्यालयले बताएको छ । साथै वर्षा भएको समयमा भने कक्षा सञ्चालन हुने छैन् । 
ग्रामीण भेगमा बालबालिकाको सिकाइका लागि रेडियो, टेलिभिजन र अनलाइन कायक्रम प्रभावकारी नहुने हुँदा चौरमै पठन–पाठन गराइएको हो ।  
उता  भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३  धारापानीको  रातामाटामा रहेको श्री अन्नपूर्ण माध्यमिक बिधालय,  भुमिकास्थान नगरपालिका वार्ड नम्बर -८ नुवाकोटको लम्चीमा रहेको श्री लम्ची आधारभूत विद्यालय र सन्धिखर्क नगरपालिका वार्ड नम्बर -८ किमडाँडाको पकलेमा रहेको श्री जनता कृष्ण माध्यामिक विधालयमा पढाई शुरु भएको छ । भने जिल्लाका अन्य विधालयले अन्लाईनबाट तथा निश्चित दुरि कायम राख्दै बिद्यार्थीहरुलाई पढाउन शुरु गरेका छन् ।      

अन्य समाचारहरु