केशब बन्जाडे अर्घाखाँचीडट्कम संवाददाता
रातामाटा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको रातामाटामा पहिरो जाँदा धारापानी – ढाकावाङ्ग – प्युठान सडक अबरोध भएको छ ।
धारापानीको रातामाटा घुम्ती भन्दा थोरै माथि धारापानी ढाकावाङ्ग प्युठान जोडने तल्लो सडक खण्ड गएराती पहिरो खसेर एउटा ठुलो रूख बाटो अबरोध गर्दा सडक अबरोध भएको हो ।
अहिले पनि रूख ढलेको कारण सडक अबरोध छ । साथै स्थानियबासीले रूख पन्छाउने काममा जुटेका छन् ।